हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा विज्ञ टोली खटाइ सत्यतथ्य सार्वजनिक होस्– नेता कोइराला | Khabarhub Khabarhub

हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा विज्ञ टोली खटाइ सत्यतथ्य सार्वजनिक होस्– नेता कोइराला


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हुम्लास्थित नेपाल- चीन सीमामा विज्ञ टोली खटाएर अध्ययन गर्न माग गरेका छन् ।

हुम्लामा नेपाली भूमि मिचिएको जानकारी स्थलगत अनुगमनमा गएको टोलीबाट पाएको भन्दै कोइरालाले तुरुन्त विज्ञ टोली खटाई सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै तत्काल सत्यतथ्य सार्वजिनक गर्न माग गरेका हुन् । उनले लेखेका छन्, ‘हालै कर्णाली प्रदेशको हुम्ला जिल्लाको चीनसँगको सीमाको स्थलगत अध्ययन गरी फर्किएका पार्टीका साथीहरूबाट नेपालको सीमा अतिक्रमण गरेको जानकारी पाएँ । यो गम्भीर विषय हो । यस सम्बन्धमा तुरुन्त विज्ञहरूको टोली खटाई सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु।’

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १२ : ०७ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत