मेसिनमा च्यापिएर किशोरको मृत्यु | Khabarhub Khabarhub

मेसिनमा च्यापिएर किशोरको मृत्यु


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

बिहीबार साँझ बर्दिबास–६ मा पुरानो कपडा पेलेर कपास बनाउने ना ७ प १३८३ नम्बरको ट्याक्टरमा कपडा पेल्ने क्रममा किशोर धोबीको दाहिने हात च्यापिएर गम्भीर घाइते भएका थिए ।

अत्याधिक रक्तश्राव भइरहेको किशोर धोबीलाई तत्काल धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचारको लागि पठाइएको र त्यहाँ सामान्य उपचारपश्चात विशेष उपचारको लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा पठाइएकोमा उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता कपडा पेल्ने मेशिनसहितको ट्याक्टर र चालक रौतहट, ईशनाथ नगरपालिका–९ बस्ने २३ वर्षीय असलम मियाँ ईलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १० : ३० बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट