कोरोना सङ्क्रमित महिलाको सेती प्रादेशिक अस्पतालमा मृत्यु | Khabarhub Khabarhub

कोरोना सङ्क्रमित महिलाको सेती प्रादेशिक अस्पतालमा मृत्यु


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–५ की ५७ वर्षीया सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना सङ्क्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलालाई अस्पतालको भेन्टिलेटरमा राखेर प्लाज्माथेरापी विधिबाट उपचार भइरहेकोमा उनको मृत्यु भएको श्रेष्ठले बताए ।

यही भदौ १७ गते कोरोना पुष्टि भई गम्भीर खालको लक्षण देखिएपछि उनलाई १९ गते अस्पतालमा भर्ना गरिएको थियो  ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ९ : ३४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर