ओमानका प्रबर्द्धनमन्त्री र राजदूत ढकालबीच भेटवार्ता | Khabarhub Khabarhub

ओमानका प्रबर्द्धनमन्त्री र राजदूत ढकालबीच भेटवार्ता



दोहा- ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र  त्यहाँका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धनमन्त्री काइस मोहम्मद अल युसुफबी भेटवार्ता भएको छ ।

भेटमा राजदूत ढकालले नवनियुक्त व्यापार, उद्योग तथा लगानी प्रबर्द्धन मन्त्रीलाई बधाई तथा शुभकामना दिएकी छन्।

राजदूत ढकालले व्यापार प्रवर्द्धनमन्त्रीसँग नेपालको वर्तमान स्थिर राजनीति, अर्थतन्त्र तथा सुमधुर सामाजिक परिवेशले बैदेशिक लगानीको बातावरण तयार भएकाले त्यसबाट ओमानले पनि लाभ लिन सक्ने जानकारी गराएकी छन्।

उनले नेपालमा वैदेशिक लगानीको उचित वातावरण भएको,  जलविद्युत, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटन क्षेत्रमा लगानी गर्न ओमानलाई अनुरोध गरेकी छन्।

मन्त्री युसुफले नेपालको जलविद्युत तथा कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएको राजदूत ढकालले बताइन् ।

छलफलमा ओमानका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धन मन्त्रालयका सचिव असिलाह विन्ट सलिम अल स्याम्समीको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ९ : ५४ बजे

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)