काठमाडौँ उपत्यकामा यातायातमा जोर बिजोर कायमै, व्यवसाय खुला गर्न दिइने | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा यातायातमा जोर बिजोर कायमै, व्यवसाय खुला गर्न दिइने


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा अझ खुकुलो बनाइएको छ ।

काठमाडौँ उपत्यकाका तीन वटै (काठमाडौँ, भक्तपुर र ललितपुर)जिल्ला प्रशासन कार्यालयहरूले भदौ २४ बाट खुकलो बनाएको निषेधाज्ञा अझ खुकुलो बनाइएको हो ।

काठमाडौँ उपत्यका प्रशासनले यातायातमा जोर बिजोर प्रणालीलाई कायमै राख्दै ब्यवसाय खोल्न तोकिएको बारको प्रतिबन्ध पनि हटाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार बुधबारदेखि अर्को आदेश नभएसम्मका व्यवसाय खोल्न तोकिएको बारको ब्यवस्था हटाइएको छ ।

तर, अझै पनि सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीडभाड हुने क्षेत्रमा भने प्रतिबन्ध कायम गरिएको उनले बताए ।

यसअघि २४ भदौमा काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको थियो ।

मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि दिइएको छैन ।

बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि रोकिएको छ ।

 यस्तो छ प्रशासनले जारी गरेको निषेध आदेश

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : ३० बजे

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन

आँबुखैरेनीमा ‘नमुना युवा संसद्’अभ्यास सुरु

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद् अभ्यास तथा नमूना

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली– भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु