कतारबाट १४४ नेपाली स्वदेश फिर्ता   | Khabarhub Khabarhub

कतारबाट १४४ नेपाली स्वदेश फिर्ता  



दोहा- कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारमा अप्ठ्यारोमा परेका १४४ जना नेपाली स्वदेश फर्किएका छन् ।

दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत १ महिलासहित १४४ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।

यसअघि नेपाल एयरलाइन्सको ३८औं उडान मार्फत १२ महिलासहित १५० नेपाली स्वदेश फर्किएका थिए । सो उडानमा एउटा शव पनि नेपाल पठाइको थियो ।

स्वदेश फर्कन लागेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजिकरण तथा बिदाईका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

नेपाल एयरलाइन्सले भोली बिहीबार र सेप्टेम्बर २२, २४ र २५ तारिखमा पनि उडान गर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ६ : ५० बजे

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तस्बिर : ध्रुव भट्टराई तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान