फ्रेन्च लिगमा पीएसजी र मेट्जबीच प्रतिस्पर्धा हुँदै, नेयमारले खेल्न नपाउने | Khabarhub Khabarhub

फ्रेन्च लिगमा पीएसजी र मेट्जबीच प्रतिस्पर्धा हुँदै, नेयमारले खेल्न नपाउने


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा पहिलो जीतको खोजिमा आज (बुधबार) मेट्जसँग प्रतिस्पर्धा गर्दैछ ।

नयाँ सिजन सुरूवाती दुई खेल हारिसकेको पीएसजी तेस्रो खेलमा मेट्जलाई पराजित गर्दै सुखद् नतिजा निकाल्न चाहन्छ ।

पीएसजी र मेट्जबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा मेट्जविरुद्ध मैदान उत्रदा पीएसजीका स्टार फरवार्ड नेयमार खेल्न पाउने छैनन् भने एम्पाप्पे कोरोना संक्रमणका कारण टिम बाहिर छन् ।

पीएसजीविरुद्ध मैदान उत्रदा मेट्ज पनि पहिलो जितको खोजीमा हुनेछ । मेट्जले पनि अघिल्लो दुई खेल गुमाएको थियो ।

यस सिजन पीएसजी १८औं स्थानमा रहेको छ भने मेट्ज १७औं स्थानमा रहेको छ । पीएसजी सिजनको पहिलो खेलमा लेन्स र दोस्रो खेलमा मार्सेलीसँग पराजित भएको थियो ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ६ : ३३ बजे

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम