श्राद्धको खाना खाँदा एकको मृत्यु, १५ जना बिरामी | Khabarhub Khabarhub

श्राद्धको खाना खाँदा एकको मृत्यु, १५ जना बिरामी


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा श्राद्धको खाना खाएका एक जनाको मृत्यु भएको छ । अन्य १५ जना बिरामी भएका छन् ।

गोदावरी नगरपालिका– १० खमौराका १५ जना बिरामी भएका हुन् । बिरामी भएकामध्ये एक जनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

बिरामी भएका अन्य १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष रवीन्द्र शाहीका अनुसार यही भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् । सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ (खाद्य विषाक्तता)का कारण उनीहरु बिरामी परेको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ४ : ४२ बजे

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका