कुलमानको बिदाइको समाचारले 'खिन्न' अमृत गुरुङ | Khabarhub Khabarhub

कुलमानको बिदाइको समाचारले ‘खिन्न’ अमृत गुरुङ


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो ४ वर्षे कार्यकाल सकेर मंगलवार बिदा भए ।

उनको पुनःनियुक्तिको माग गर्दै कलाकारहरुले पनि आवाज उठाएका थिए । जनस्तरबाट कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशकमा नियुक्ति गर्नुपर्ने आवाज उठेको थियो ।

कुलमानले चार वर्षमा अर्बौं घाटामा रहेको संस्थालाई नाफामा पुर्‍याएका थिए भने घण्टौंसम्म हुने लोडसेडिङ पनि उनकै पालामा हटेको थियो ।

गायक अमृत गुरुङले कुलमानलाई पुनःनियुक्ति नदिएको समाचारले आफू दुःखी भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसूबकमार्फत आफ्नो विचार व्यक्त गर्दै कुलमानको बिदाइको समाचारले खिन्न भएको बताएका हुन् ।

‘अस्ति कुलमान फेरि नियुक्त हुने समाचारले खुशी भएको थिएँ, अहिले कुलमानको बिदाइको समाचारले खिन्न भएँ,’ अमृत गुरुङ भन्छन्, ‘म उनलाई चिन्दिनँ, मैले उनको काम चिनेको हुँ, राम्रो गर्नेलाई राम्रो भन्दा इर्ष्याको शिकार हुने परिपाटी शुरु भएको हो भने अब त्यो पनि भन्न भएन, यो स्वतन्त्रता छिनेकोमा धन्यवाद सरकार ।’

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  २ : ५६ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला