नेपाललाई मैत्रीपूर्ण खेलका लागि बंगलादेशसहित पाँच देशको प्रस्ताव | Khabarhub Khabarhub

नेपाललाई मैत्रीपूर्ण खेलका लागि बंगलादेशसहित पाँच देशको प्रस्ताव


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले राष्ट्रिय फुटबल टीमको अभ्यासका लागि वातावरण बनाइदिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाललाई आग्रह गरेका छन् ।

बुधबार एन्फा अध्यक्ष शेर्पा र उपाध्यक्ष शिक्षित पराजुलीले राखेप सदस्य सचिव सिलवालसँग भेट गरी राष्ट्रिय टीमको अभ्यासका लागि माहोल बनाइदिन आग्रह गरेका हुन् ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियनकप २०२३ अन्तरगत घरेलु मैदानमा हुने तय भएको खेलका लागि साउनमा एन्फाले अभ्यास शुरु गर्ने तयारी गरेको थियो ।

तर, नेपालमा कोरोना भाइरसको संक्रमण अप्रत्याशित रुपमा बढेपछि अन्तिम समयमा अभ्यास स्थगित गरिएको थियो ।

अहिले राष्ट्रिय टोलीका खेलाडीहरु आ–आफ्नो घरमा बसिरहेका छन् । दक्षिण एसियाली क्षेत्रमा खेलकुद लगभग ठप्प भएको ६ महिनाभन्दा बढी समय भइसकेको छ ।

भुटान, भारत लगायत देशहरुमा घरेलु फुटबल सुरु भइसकेका छन् । नेपालमा भने चैत्र महिनामा चलिरहेको सहिद स्मारक बी डिभिजन लिगलाई पनि कोरोनाकै कारण स्थगित गरिएको थियो ।

अहिले एन्फाले विभिन्न देशहरुले नेपाललाई मैत्रीपूर्ण फुटबलका लागि निमन्त्रण दिइरहेको उल्लेख गर्दै अभ्यास शुरु गर्न सरकार समक्ष प्रस्ताव लैजान आग्रह गरेको छ ।

एन्फा उपाध्यक्ष शिक्षित पराजुलीले नेपालसँग मैत्रीपूर्ण फुटबलका लागि बंगलादेश, कतार, मंगोलिया लगायतका पाँच वटा देशहरुले प्रस्ताव राखेको बताएका छन् ।

‘घरेलु फुटबल सुरु गर्न तत्काल सम्भव छैन । तर, राष्ट्रिय टोलीको अभ्यास सुरु गर्न त्यति अप्ठ्यारो छैन,’ उपाध्यक्ष पराजुलीले भने, ‘यस्तो समयमा हामीले खर्च गरेर उनीहरुलाई अभ्यासका लागि यता बोलाउन कठीन छ । तर, उनीहरुले प्रस्ताव गरेपछि सबै उनीहरुले नै व्यवथापन गर्ने हुँदा मैत्रीपूर्ण खेलको वातावरण बनाइ दिन आग्रह गरेका हौं ।’

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  २ : २१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर