यूएईमा अलपत्र नेपालीको पुनः सोमबारबाट उद्धार गरिने, १५ उडान तय | Khabarhub Khabarhub

यूएईमा अलपत्र नेपालीको पुनः सोमबारबाट उद्धार गरिने, १५ उडान तय



दोहा – कोरोनाको महामारी लगायत विभिन्न कारणले अप्ठ्यारोमा परेका नेपालीहरूको सोमबारबाट पुनः उद्धार गरिने भएको छ ।

संयुक्त अरव ईमिरेट्स (यूएई)मा रहेका नेपालीहरुको उद्धारका लागि १५ उडान तय भएको छन् । अगष्ट १७ देखि अगष्ट ३१ सम्मको लागि उडान तालिका सार्वजनिक गरिएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यसअघि सार्वजनिक गरिएको स्वदेश फर्कनैपर्ने सूचीमा नाम भएका व्यक्तिहरुले आफूलाई पायक पर्ने ठाउँमा टिकट लिन समेत अनुरोध गरेको छ ।

नेपाल एअरलाइन्सको दुबईबाट अगष्ट १७, २१, २५, २७,२९, ३१ तारिखमा उडान गर्ने तय भएको छ । हिमालय एयरलाइन्सले अबुधाबीबाट अगष्ट २५, २७, २९, ३१ तारिखमा उडान गर्ने दूतावासले जनाएको छ ।

यसैगरी, एयर अरेबियाको शारजहाँबाट अगष्ट २५ र ३१ तारिखमा उडान गर्ने छ भने फ्लाई दुबईले दुबईबाट अगष्ट १७ र २० तारिखमा उडान गर्नेछ । यस्तै इतिहाद एयरलाइन्सले अगष्ट २७ तारिखमा उडान दूतावासले जनाएको छ ।

यूएईबाट स्वदेश फर्किन ४२ हजार नेपालीले आफ्नो नाम दर्ता गराए पनि अहिलेसम्म विभिन्न ८२ वाट चार्टड उडानमार्फत १३ हजार ७८५ जना मात्र स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

यस्तो छ दूतावासले जारी गरेको सूचना

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : ५८ बजे

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।

विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

मोरङ – मोरङमा विदेशबाट फर्किएका महिलाहरुलाई नौमती बाजा बजाउने तालिम

केन्यामा बाढीका कारण दुई सयभन्दा धेरैको मृत्यु

नैरोबी –तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि