श्रृगांर किन आवश्यक ? | Khabarhub Khabarhub

श्रृगांर किन आवश्यक ?


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक महिलाका लागी श्रृंगार महत्वपुर्ण रहन्छ । अझ चाडपर्वका बेलामा महिलाका लागी श्रृगांर अपरीहार्य झै रहन्छ । विशेषतः तिजमा महिलालाई श्रृगांरको महत्व विशेष रहन्छ । शरीरका अंग अगंगमा श्रृगांरले ढाकिदाँ उनिहरुको सुन्दरता निखारीने गर्दछ ।

श्रृंगार सुन्दरताका लागी मात्र नभई आत्मविश्वासका लागी समेत आवश्यक पर्दछ । कतिपय श्रृगांर सामाग्रीले स्वास्थ्यमा समेत लाभ पुर्याउँछ ।

१. सिन्दूर
सिउँदोमा लगाइने सिन्दूर ब्रहम्रंध्र र अहिम नामक मर्म स्थलको ठिक माथि लगाइन्छ । यो स्थान अत्यन्त कोमल हुने गर्दछ । तसर्थ सिन्दुर लगाउँदा यस स्थानको सुरक्षा हुने गर्दछ । साथै सिन्दूरको प्रयोगले यसमा भएका तत्वले अनुहारको चाउरी र शरीरमा हुने विद्युतीय उत्तेजनामा नियन्त्रण गर्दछ ।

२. सिरबन्दि (मांग टिका)
सिउँदोमा सिन्दुर लगाएको भाग छोपेर निधारको माथि गोलो आकारको झुण्डिएको गहनालाई सिरबन्दि (मांग टिका) भनिन्छ । यसले महिलाको सुन्दरतामा निकै महत्व राख्दछ । यस अलावा मस्तिष्क सम्बन्धी क्रियामा सन्तुलन समेत बनाउँछ ।

३. टिका
निधारको बिच भाग वा दुई आखिँ भौको बिचमा लगाइने टिका (बिन्दि) ले महिलाको ब्यक्तित्व प्रभावशाली बनाउँछ । यसले महिलामा आत्मबल र आत्मविश्वास बढाउँछ । निधारको बिचमा टिका लगाउँदा यसले तेश्रो नेत्र जागृत गर्ने मान्यता छ । यस अलावा टिकाले मष्तिक शान्त बनाउन पनि मद्दत गर्दछ ।

४. गाजल (काजल)
गाजलले महिलाको सुन्दरतालाई कैयौं गुणा बढाउने गर्दछ । अनुहारको सुन्दरता सहित गाजल लगाउँदा आँखामा समेत शितलता प्राप्त हुन्छ । गाजलले आँखा सम्बन्धी कैयौ रोगबाट बचाउँछ ।

५. फुली/नथिया
फुलीको तुलनामा नथियाले महिलालाई बढि सुन्दर देखाउँछ । तर यो सबै महिलाको हकमा लागु नहुन पनि सक्छ । फुली वा नथिया लगाउँदा नाकमा हुने एक प्रकारको एक्यूप्रेशर प्वाइन्ट प्रेसर रहन्छ । जसले प्रसव पीडाका क्रममा हुने दुखाई कम गर्न सहायता पुर्याउँछ ।

६. झुम्का
कानमा लगाइने गहना झुम्का पनि महिलाको सुन्दरतामा महत्वपुर्ण रहन्छ । झुम्काले आँखाको ज्योती बढाउन मद्दत गर्दछ । कानको तल्लो भागमा आखाँमा पुग्ने एक नसा हुन्छ । तसर्थ सो भागमा झुक्का लगाउँदा आँखालाई फाइदा पुग्दछ ।

७. मंगलसूत्र वा हार
आयुर्वेदका अनुसार गलामा सुनको धारण गर्नु मुटुका लागी लाभदायक हुन्छ । मंगलसूत्रबाट निस्कने वायुले इम्यूनसिस्टममा राम्रो प्रभाव पार्दछ । साथै यसमा हुने कालो मोतीले खराब नजरबाट बचाउँछ ।

८. पाखुराको गहना
महिलालाई बढि उमेरमा पनि सुन्दर देखाउन वा जवान जस्तै देखाउन पाखुरामा लगाइने गहना महत्वपुर्ण हुन्छ । यि गहना पाखुरामा लगाउँदा पाखुरामा दवाब पर्दछ र रक्तसंचार सामान्य हुन्छ ।

९. चुरा
अधिकाशं महिला हातमा चुरा लगाउने गर्दछन् । नाडीमा लगाइउने चुराको एकआपसमा हुने टकरावले शरीरमा रक्त प्रवाहलाई सहज बनाउँछ । चुराको प्रयोगले हर्मोन सामान्य राख्न मद्दत पुर्याउँछ ।

१०. औठी
औलामा धारण गरीने औठीले शरीर आलस्य हुनबाट जोगाउँछ । औठीको धारणले सुस्त मनस्थिती घटेर शरीर फुर्तिलो हुन्छ ।

११. मेहन्दी
हत्केलामा लगाइने मेहन्दीले हातको सुन्दरता बढाउने गर्दछ । यसले हातमा भएको घाउचोट ढाक्नुको साथै शरीरमा शितलता पनि बढाउँछ । यस अलावा मेहन्दीको प्रयोगले छाला रोगबाट पनि बचाउँछ ।

१२. कमरबन्द
कमर लगाइने गहना कमरबन्दले महिलाको शरीरतर्फ आर्कषित गर्दछ । यसले महिलालाई कामुक देखाउने गर्दछ । यस अलावा महिलामा हुने कम्मरका समस्यामा समेत फाइदा पुर्याउँछ ।

१३. पाउजु
पाउजुको धारणले खुट्टाबाट निस्कने शारीरिक विद्युतीय ऊर्जालाई शरीरमा नै संरक्षण गर्न सघाउ पुर्याउँछ । चाँदीको पाउजु लगाउँदा यसको घर्षणबाट हड्डि बलियो बनाउँछ ।

१४. बिच्छु
खुट्टाको औलामा लगाइने गहना बिच्छुले एक प्रकारको प्रेशर नशामा पार्दछ । यसले गर्भासयमा समुचित रक्तसंचार प्रवाहित गर्न सघाउ पुर्याउँछ । यसको प्रयोगले गर्भधारण क्षमता राम्रो बनाउँछ ।

१५. मेकअप
अनुहारमा लगाइने मेकअप, नेल पोलिस लगाउतका मेकअपले महिलाको सुन्दरता बढाउने गर्दछ । महिला आफु सुन्दर भएमा आत्मविश्वास बढ्ने गर्दछ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : ०५ बजे

राजेन्द्र महतोले यसरी गरे राष्ट्रिय मुक्ति क्रान्ति (तस्बिरहरु)

काठमाडौं– राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध

सुहाङ ५ हजार ६६२ मतले अगाडी 

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी