बेलारूसको सरकारी टेलिभिजनविरूद्ध हजारौँको प्रदर्शन, निस्पक्ष समाचार प्रसारणको माग | Khabarhub Khabarhub

बेलारूसको सरकारी टेलिभिजनविरूद्ध हजारौँको प्रदर्शन, निस्पक्ष समाचार प्रसारणको माग


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बेलारुसमा सरकारी टेलिभिजनविरूद्ध हजारौँले प्रदर्शन गरेका छन् ।

समाचार प्रसारणमा पक्षधरता देखाएको भन्दै प्रदर्शनकारीहरूले सरकारी टेलिभिजनअघि प्रदर्शन गरेका हुन् ।

राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्दै सुरू भएका प्रदर्शनको समाचार नै प्रसारण नभएको तथा राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोको पक्षमा मात्र समाचार सामग्रीहरू प्रस्तुत गरिएको भन्दै प्रदर्शनकारीहरूले विरोध जनाएको बीबीसीले जनाएको छ ।

यही अगस्ट ९ मा भएको चुनावमा राष्ट्रपति लुकाशेन्कोले जितेको घोषणा गरिएपछि बेलारूसमा प्रदर्शन हुँदै आएको छ ।

सन् १९९४ देखि सत्तामा रहँदै आएका लुकाशेन्कोले अगस्ट ९ मा भएको चुनावमा ८०.१ प्रतिशत मत पाएको बेलारुसको निर्वाचन आयोगले घोषणा गरेको थियो । लगत्तै विपक्षी उम्मेदवारहरूले फेरि मतगणनाको माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : ५१ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको