लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश, म्यान्चेस्टर सिटी क्वाटरफाइनलबाटै बाहिरियो | Khabarhub Khabarhub

लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश, म्यान्चेस्टर सिटी क्वाटरफाइनलबाटै बाहिरियो


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

सिटीफ्रान्सेली क्लब लियोनसँग पराजित भएसँगै उसँगै सिटीको च्याम्पियन्स लिगको यात्रा अन्तिम आठमै पूर्णविराम लागेको हो ।

शनिबार लिस्बनमा भएको खेलमा लियोन ३-१ ले विजयी भयो। लियोनको जितमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड मौसा डेम्बेलेले २ र म्याक्स्वेल कर्नेटले एक गोल गरे ।

सिटीका लागि केभिन डे ब्रुएनले दोस्रो हाफमा बराबरी गोल गरेपनि त्यसपछि गोलरक्षक एडरसनले खराब प्रदर्शन गर्दा सिटीले हारको सामना गर्नुपर्यो ।

खेलको २६औं  मिनेटमा लियोनले अग्रता लिएको थियो । म्याक्सवेल कर्नेटले पेनाल्टी क्षेत्र बाहिरबाट गोलरक्षक एडरसन पोजिसनमा नभएको मौकामा गरेको प्रहार गोल भएको थियो ।

सिटीका लागि ६९औं मिनेटमा डे ब्रुएनले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, त्यसको २ मिनेटपछि ७९औं मिनेटमा लियोनका मौसा डेम्बेलेले गोल गर्दै पुन अग्रता दिलाए ।

मैदान प्रवेश गरेको ४ मिनेट नबित्दै डेम्बेलेले अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे ।

लगत्तै डेम्बेलेले नै ८७औँ मिनेटमा गोल गर्दै व्यक्तिगत दोस्रो तथा टिमका निर्णायक गोल गर्दै लियोनको अन्तिम चारको यात्रा सुनिश्चित गरे । लियोनले अब सेमिफाइनलमा बायर्न म्युनिखको सामना गर्नेछ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ५ : ५३ बजे

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक