मुक्तिनाथ विकास बैंकले पायो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड | Khabarhub Khabarhub

मुक्तिनाथ विकास बैंकले पायो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुक्तिनाथ विकास बैंकले उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड प्राप्त गरेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणालीमार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थामा मुक्तिनाथ विकास बैंकले सो अवार्ड पाएको हो ।

वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७५/०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेकोमा बैंकलाई सो अवार्ड प्रदान गरिएको हो । विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाधक्ष्यको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो।

समारोहका विशेष अतिथि महालेखा परिक्षक टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरे । बैंकिङ्ग क्षेत्रमा यस पुरस्कारलाई  प्रतिष्ठित पुरस्कारका रुपमा लिइन्छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ६ : १७ बजे

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन