नेल्सन मण्डेलाकी छोरीको मृत्युपछि कोरोना पुष्टि | Khabarhub Khabarhub

नेल्सन मण्डेलाकी छोरीको मृत्युपछि कोरोना पुष्टि


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जिन्जी मण्डेलाको मृत्युपछि कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

डेनमार्कका लागि दक्षिण अफ्रिकी राजदूत जिन्जी मण्डेलाको मृत्यु भएपछि गरिएको परीक्षणमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

उनका छोरा जोन्डवा मण्डेलाले स्थानीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफ्नी आमाको कोरोनाको रिपोर्ट पोजेटिभ आएको बताएका हुन्।

‘यसको मतलब यो होइन कि उनको मृत्यु कोरोनाभाइरसको संक्रमणले भएको हो। तर मृत्युपछि भने उनमा संक्रमण देखिएको हो,’उनले भने,’अन्य थुप्रै परीक्षण गरिएको छ। जसले उनको मृत्युको कारण के हो भन्ने बताउनेछ।’

उनले आफ्नी आमाको पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको जानकारी बताएका छन् । जिन्द्जी मण्डेला नेल्सन मण्डेला र विन्नी मण्डेलाकी कान्छी छोरी हुन्।

५९ वर्षीया मण्डेलाको सोमबार बिहान जोहानसबर्ग अस्पतालमा मृत्यु भएको थियो। उनको अन्त्येष्टि शुक्रबार गर्ने तयारी भएको जनाइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ७ : ०४ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार