ओपोद्वारा १२५ वाट फ्ल्यास चार्ज, ६५ वाट एयरभोक वायरलेस फ्ल्यासलगायत सार्वजनिक | Khabarhub Khabarhub

ओपोद्वारा १२५ वाट फ्ल्यास चार्ज, ६५ वाट एयरभोक वायरलेस फ्ल्यासलगायत सार्वजनिक


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओपोले आधिकारिक रुपमा १२५ वाट फ्ल्यास चार्ज, ६५ वाट एयरभोक वायरलेस फ्ल्याश चार्ज, अल्ट्रा-स्मल पोर्टेबल ५०वाट मिनी सुपरभोक चार्जरका साथै, ११० वाट मिनी फ्ल्याश चार्जर सार्वजनिकको घोषणा गरेको छ ।

सार्वजनिक गरिएको १२५ वाट फ्ल्याश चार्ज प्रविधिले मोबाइल फोन उद्योगमा फ्ल्याश चार्ज प्रविधि क्षेत्र अन्तर्गत नयाँ सफलताको प्रतिनीधित्व गरेको छ ।

उन्नत एन्क्रिप्सन अल्गोरिथम र नियन्त्रित तापमान नियन्त्रक रेगुलेटर्सका साथमा यसले फ्ल्याश चार्जिङ उपकरणहरुमा सुरक्षाका साथै सटिकता प्रदान गर्छ । ६५वाट एयरभोक वायरलेस फ्ल्याश चार्जले प्रयोगकर्तालाई वायर्ड चार्जिङका तुलनामा अझ तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउँछ ।

पहिलो पटक सार्वजनिक गरिएका ५०वाट मिनी सुपरभोक चार्जर र ११०वाट फ्ल्याश चार्जर ओपोको भोक फ्ल्याश चार्ज प्रविधि अन्तर्गत पृथक नवप्रबर्तनहरु हुन् । यिनमा समाविस्त गरिएका हल्का, पातला तथा पोर्टेबल विशेषताका कारण यस प्रविधिलाई उच्च शक्ति सहितका चार्जरहरुको क्षेत्रमा अग्रणीको पहिचान दिलाएको छ ।

ओपोका चिफ चार्जिङ टेक्नोलोजी साइन्टिस्ट, जेफ चाङ्गले भने, ‘ विश्व बजारमा फाइभजीको तिब्र रोलआट र अत्यधिक उर्जा खपत गर्ने गेमिङ तथा भिडियो एप्सले मोबाइल फोन तथा प्रयोगकर्ताको चार्जिङ अनुभवका क्षेत्रमा नयाँ चुनौति थपिएको छ ।

सन् २०१४मा भोक फ्ल्याश चार्ज सार्वजनिक गरेदेखि नै ओपोले फास्ट चार्जिङ विकासका क्षेत्रमा आफ्नो अग्रता कायम राख्दै आएको छ । हाई पावर, ताररहित र अल्ट्रा(स्मल चार्जिङ प्रविधिका क्षेत्रमा पनि आफ्नो विशेषज्ञता र भूमिका लाई निरन्तर्ता दिँदै प्रयोगकर्तालाई सुरक्षित, सदृढ र सहज अल्ट्रा(फास्ट चार्जिङ अनुभव प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।”

१२५ वाट फ्ल्याश चार्जः फाइभजी यूगका लागि तिब्र चार्जिङ

ओपोको १२५वाट फ्ल्याश चार्ज प्रविधिले डायरेक्ट चार्जिङ प्रविधिको प्रयोग गर्दै ४ हजार एमएएच क्षमताको ब्याट्रीलाई ५ मिनेटमै ४१% सम्म र २० मिनेटमै पूर्णरुपमा चार्ज गर्ने क्षमता राख्छ ।

त्यसैगरी यो सुपरभोक र भोक फ्ल्याश चार्जका प्रोटोकलसंग पनि मिल्ने हुनुका साथै ६५वाट पीडी र १२५वाट पीपीएस लगायत मेनस्ट्रिम प्रोटोकलहरुसंग पनि मिलना हुने गरि विकास गरिएको छ । हालका लागि भने यो नै उद्योगमै सर्वाधिक उन्नत फ्ल्याश चार्जिङ प्रविधि हो ।

सुपरभोकको प्राविधिक डिजाइनबाटै विकसित १२५वाट फ्ल्याश चार्जमा ब्यापक आर्किटेक्चरल अपग्रेड गरिएको छ । यसले २०भी ६.२५ए चार्जिङ स्किम सपोर्ट गर्नुका साथै, चार्जको आकारमा बृद्धि नगरिकनै चार्जिङ समयमा कटौतीका लागि पावर डेन्सिटी प्रोपर्टीमा पनि सुधार उपलब्ध गराएको छ ।

ब्याट्रीका कुरा गर्दा यसमा सुदृढ ब्याट्री रेसियोका साथमा डबल(६सी सेल्स, उद्योगकै अग्रणी मल्टिपल ट्याब स्ट्रक्चर, चार्ज पम्प्स र चार्जिङ क्षमतामा सुधारका लागि उच्चतम एकिकृत एमसीयू जडान गरिएको छ ।

साथै, १२५वाट फ्ल्याश चार्जमा चार्जिङको अवस्था र चार्जिङको समयमा सुरक्षा सुनिश्चितताका लागि यसमा १० थप तापमान सेन्सर्सको पनि प्रयोग गरिएको छ । त्यसैगरी, यस प्ल्याटफर्मले थप सुरक्षार्थ, फ्युस ओभरभोल्टेज सुरक्षा उपायहरु, टाइप-सी टू टाइप-सी वायरका साथै, १२८-बिट हाई-स्ट्रेन्थ एन्क्रिप्सन अल्गोरिथमको पनि प्रयोग गर्छ ।

६५ वाट एयरभोक वायरलेस फ्ल्याश चार्ज

प्रयोगकर्ताहरु चार्जिङ केबलले गर्ने असुविधा र समस्याबाट छुटकारा चाहनुका साथै आफ्ना उपकरणहरु तिब्र गतिमा चार्ज होस् भन्ने चाहान्छन् ।

यस समस्याको समाधानका रुपमा वायरलेस चार्जिङ क्षमतामा बृद्धिका लागि डिजाइन गरिएको ओपोद्वारा स्व(विकसित पृथक चार्ज पम्प प्रविधि र प्यारालल डुअल कोल डिजाइन सहित बजारकै अग्रणी वायरलेस फ्ल्याश चार्ज प्रविधिका रुपमा ६५वाट एयरभोक फ्ल्याश चार्ज उपलब्ध गराएको हो ।

६५वाट एयरभोक वायरलेस फ्लयाश चार्जले ४ हजार एमएएच क्षमताको ब्याट्री सर्वाधिक तिब्र गतिमा मात्र ३० मिनेटको समयमा चार्ज गर्ने क्षमता राख्छ । यसले फ्रिक्वेन्सीमा हुने हस्तक्षेप न्यूनिकरण गर्दै वायरलेस चार्जिङलाई अझ ब्यापकरुपमा प्रयोग गर्न सकिने वातावरण मिलाइ दिएको छ । यस प्रविधिले फाइभ(फोल्ड सुरक्षा उपायहरुको अवलम्बन गर्नुका साथै फरेन अब्जेक्ट डिटेक्सन फञ्सनपनि उपलब्ध गराएको छ । यो प्रविधि क्यूआई मानकसंग कम्प्याटिबल हुनुका साथै यसले प्रयोगकर्ताहरुलाई तार रहित सुपर फास्ट चार्जिङको सटिक अनुभव प्रदान गर्छ ।

त्यसैगरी, ओपोले ६५वाट एयरभोक ताररहित फ्ल्याश चार्जका लागि एउटा बैचारिक ताररहित चार्जरपनि प्रदर्शित गरेको छ । चार्जरमा मोल्डलेस ¥यापिड प्रोटोटाइपिङ प्रविधिद्वारा निर्मित सुन्दर कलात्मक ग्लासको प्रयोग गरिएको छ । कञ्जुमर ईलेक्ट्रोनिक्स मार्केटमा कुनैपनि प्रविधिमा यसको प्रयोग गरिएको यो नै पहिलो पटक हो ।

चार्जिङका क्रममा ह्यान्डसेट तातिने समस्याकाृे समाधानार्थ भित्रिने र बाहिरिने ताप नियन्त्रणका लागि चार्जरको तल्लोपट्टी सेमिकन्डक्टर कुलरको ब्यवस्था गरिएको छ । यसमा समाहित फिचर्सका कारण फाइभजी यूगमा यो चार्जिङ प्रविधि प्रयोगकर्ताको पहिलो राजाइमा पर्ने निश्चित प्राय छ ।

उच्च क्षमताका अल्ट्रा स्मल चार्जर सिरिजः मिनी साइज तथा पोर्टेबल

ओपोले आजै विश्वकै सानो तथा पातलो ५०वाट मिनी सुपरभोक चार्जर र डुअल लेभर आर्किटेक्चर फिचर्स सुसज्जित ११०वाट मिनी फ्ल्याश चार्जरपनि सार्वजनिक गरेको छ ।

ओपोको ५०वाट मिनी सुपरभोक चार्जरको निर्माण मल्टि ¥याडियन कर्भ प्रक्रिया मार्फत बिजनेस कार्ड होल्डरको आकारमा गरिएको छ । यसको बाहिरी वालको मोटाइ जम्मा १.०५सीएम मात्र छ । यसको डिजाइनका कारण प्रयोगकर्ताले आफ्ना सर्ट तथा कोटका खल्तीमा यसलाई सहजै बोकी यात्रा गर्न सक्छन् ।

५०वाट मिनी सुपरभोक चार्जर भोक प्रोटोकलसंग मिल्नुका साथै २७वाट पीडी र ५०वाट पीपीएस लगायत मेनस्ट्रिम प्रोटोकलपनि सपोर्ट गर्छन् । यसको माध्यमबाट मोबाइल फोन्सका साथै ल्यापटप्सपनि चार्ज गर्न सकिन्छ । यसमा आकार समायोजनका लागि टोपोलोजिकल डिजाइनको प्रयोग गरिएको छ । उच्च क्षमताको पावर कन्भर्जनका लागि यसमा परम्परागत ईलेक्ट्रोलाइटिक क्यापेसिटरका स्थानमा पल्स चार्जिङ उपलब्ध गरिएको छ ।

ईन्टेलिजेन्ट कनेक्टिभिटीको यूगमा ओपोका अल्ट्रा(स्मल चार्जर सिरिजले जुनैबेला जहाँपनि फ्ल्याश चार्जिङ उपलब्ध गराउने छन् । एउटै चार्जरको प्रयोग बहु उपकरण चार्जिङका लागि प्रयोग गर्न सकिने, चार्ज एण्ड गो अबको वास्तविकता हो ।

जुन २०२० सम्म आइपुग्दा ओपोेले फ्ल्याश चार्जिङका लागि २ हजार ८ सय भन्दा बढी ग्लोबल प्याटेन्टका निवेदन दिइसकेको छ । कम्पनीको ३० भन्दा बढी स्मार्टफोन मोडलमा उपलब्ध गरि सकिएको भोक फ्ल्याश चार्ज प्रविधिले विश्वभरका १५७ मलियन भन्दा बढी प्रयोगकर्तालाई अल्ट्रा फास्ट चार्जिङ अनुभव प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ४ : ३६ बजे

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित