गुन्डा नाइके अभिषेक गिरीको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा बहस हुने | Khabarhub Khabarhub

गुन्डा नाइके अभिषेक गिरीको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा बहस हुने


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुन्डा नाइके अभिषेक गिरीको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा बहस हुने भएको छ । विशेष अदालतको फैसलाविरुद्ध सरकारी पक्षले दर्ता गरेको पुनरावेदनलाई सर्वोच्चले अनुमति दिएपछि यो मुद्दामा सर्वोच्चमा बहस हुने भएको हो ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले गिरीको मुद्दालाई पुनरावलोकन गर्ने अनुमतिसँगै प्रत्यक्षी झिकाउने आदेश पनि दिएको छ।

गिरीलाई विशेष अदालतले २०७५ असार ५ गते सम्पत्ति शुद्धिकरणको मुद्दामा सफाइ दिएको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी तथा न्यायाधीश चन्ढीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले बस्नेतलाई सफाइ दिएको थियो।

सम्पत्ति शुद्धिकरण विभागले २०७० जेठ ५ गते गिरीसहित गुन्डा नाइकेहरु गणेश लामा, पर्शुराम बस्नेत, दीपक मनाङे र चक्रे मिलन (मिलन गुरुङ) विरुद्ध मुद्दा दायर गरेको थियो।

विभागले गिरीसँग २.९४ करोड रुपैयाँ अवैध सम्पति रहेको दाबी गरेको थियो। विशेषबाट दीपक मनाङे, चक्रे मिलन र पर्शुराम बस्नेतले पनि सम्पति शुद्धिकरणको मुद्दामा सफाइ पाएका थिए।

विशेषले गणेश लामालाई मात्र दोषी ठहर गरेको थियो। गिरीसहित सर्वोच्चमा लामा र अन्यको मुद्दा पनि पुनरावेदन दर्ता भएर सुनुवाइको क्रममा छ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : २८ बजे

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा