नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो | Khabarhub Khabarhub

नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मंगलबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ६ हजार ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ६ हजार ५९१ पुगेको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला झापामा गरिएको परीक्षणमा एकजना पुरुष, पाँचथरका एक जना महिला र एकजना पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एक जना महिला सहित २ जना, सुनसरीका दुई जना पुरुष र सिरहाका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका ५ जना महिला र ३३ जना पुरुष, महोत्तरीका एकजना महिला र १६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा एकजना पुरुष, पर्साका दुईजना पुरुषमा संक्रमण पुष्टि भएको छ ‌। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोरखाका एक जना महिला र ९ जना पुरुष, नवलपरासी पूर्वका दुई जना पुरुष, बागलुङका एकजना पुरुष, तनहुँका २ जना पुरुष, कास्कीका तीन जना पुरुष र स्याङ्जाका चार जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

प्रवक्ता डाक्टर गौतमका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका एकजना, बैतडीकी एकजना महिला र २० पुरुष, डोटीका एकजना महिला १९ पुरुष, कञ्चनपुरका ११ जना पुरुष, कैलालीका चारजना महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एकजना पुरुष र बर्दियाका ९ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको प्रयोगशाला मा गरिएको परीक्षणमा सप्तरीका ३ जना पुरुष, भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पूर्वका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एकजना महिला र दुइजना पुरुष र रुपन्देहीका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक अस्पताल सुर्खेत तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका पाँचजना पुरुष, सुर्खेतका एकजना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका२१ जना पुरुष र रामेछापका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको परीक्षणमा सल्यानका एकजना पुरुष, दाङका १० जना महिला र ४६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका ६जना पुरुष, काठमाडौंकी एक महिला, महोत्तरीका एक महिला र ७१ जना पुरुष, मोरङका एकजना पुरुष, रौतहटका १४ जना पुरुष, रोल्पाका एकजना पुरुष, रुपन्देहीका ३ जना पुरुष र सर्लाहीको १६जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । जसमध्ये हालसम्म  १ हजार १५८ जना सफल उपचारपछि निको भएर घर फर्किएका छन् भने हालसम्म १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ४ : २६ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्