भारतमा कोरोना संक्रमित राख्न रेलको डिब्बा प्रयोग गरिने | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमित राख्न रेलको डिब्बा प्रयोग गरिने


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमित राख्न रेलको डिब्बा प्रयोग गरिने भएको छ ।

दैनिक १० हजारको दरले संक्रमित बढ्न थालेपछि भारतले राजधानी दिल्लीमा बनाउन लागेको ८ हजार शैय्याको अस्थायी अस्पतालमा रेलका ५०० डिब्बा प्रयोग गरिने भएको हो ।

गत अप्रिलदेखि नै रेलका डिब्बाहरूलाई क्वारेन्टाइन वा आइशोलेसन वार्ड बनाउन शुरू गरिएकोमा अब भने अस्थायी अस्पतालको शैयाको रूपमा ५ सय डिब्बा प्रयोग गर्न लागिएको हो ।

भारत अहिले अमेरिका, ब्रजिल र रुसपछि संक्रमित संख्याका आधारमा विश्वकै चौथो स्थानमा छ।

भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेहरूको संख्या ९ हजार ९ सय नाघेको छ ।

संक्रमण बढ्दै गएपछि विभिन्न राज्य सरकारले होटल तथा ब्याङ्क्वेट हलहरूमा अस्थायी अस्पताल निर्माण गर्ने योजना बनाउन थालेका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ८ : २६ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड