सरकारको नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने कांग्रेसको निष्कर्ष | Khabarhub Khabarhub

सरकारको नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने कांग्रेसको निष्कर्ष


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम पराम्परागत रहेको भन्दै संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको काग्रेस संसदीय दलको बैठकले नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रम पराम्परागत  भएको भन्दै संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले सरकारको नीति तथा कार्यक्रमले मुलुकको समस्या सम्बोधन गर्न नसकेको बताए ।

सरकारले जनताको उपचार, खाद्यान्न लगायतका राहत प्याकेज ल्याउन नसकेको मुख्य सचेतक खाँणले बताए ।

त्यस्तै विदेशमा अलपत्र रहेका नेपालीहरुलाई तत्काल स्वदेश ल्याउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । नेपालमा मापदण्ड पूरा गरी आवश्यक क्वारेन्टाइन र स्वास्थ्य उपचार गर्ने व्यवस्था गरी विदेशमा रहेका नेपालीहरुलाई छिटो भन्दा छिटो नेपाल ल्याउनुपर्ने निष्कर्ष निकालिएको सचेतक खाँणले जानकारी दिए ।

बैठकले नेपाली भूमिमा भारतले सडक बनाएकोप्रति आपत्ति जनाउँदै कुटनीतिक पहलबाट नेपाली भूमि फिर्ताको लागि वार्ता गर्न पनि माग गरेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ८ : ११ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र