भारतको मध्य प्रदेशका ९ जिल्ला कोरोनामुक्त घोषित | Khabarhub Khabarhub

भारतको मध्य प्रदेशका ९ जिल्ला कोरोनामुक्त घोषित


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको मध्य प्रदेशका नौ जिल्लालाई कोरोनामुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । मुख्य सचिव मोहम्मद सुलेमानले प्रदेश अन्तर्गतका नौ जिल्लालाई प्रदेश सरकारले कोरोनामुक्त जिल्ला घोषणा गरेको जानकारी दिए ।

उनका अनुसार कोरोनामुक्त घोषित जिल्लाहरुमा बरवानी, अगर मलवा, शाजपुर, शेओपुर, अलिराजपुर, हार्डा, शाहडोल, टिकमगढ र बेटुल रहेका छन् ।गत शुक्रबार बसेको समिक्षा बैठकले ती जिल्लाहरुको अवस्थाका बारेमा समिक्षा गर्दै कोरोनामुक्त जिल्ला घोषणा गरेको हो ।

यी जिल्लाहरुमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितहरु नदेखिएपनि कोरोनामुक्त जिल्ला घोषणा गरिएको उनको भनाइ छ । राज्यभरी कोरोनाभाइरसको सङ्क्रमण भएको छ की छैन भनेर परिक्षण गर्ने क्रम अत्यधिक बढाइएको पनि सचिव सुलेमानले जानकारी दिए ।

उनले शुक्रबार मात्रै थप पाँच हजार ८२२ जनाको स्वाब नमुना संकलन गरिसकिएको पनि बताए । यस प्रदेशमा अहिलेसम्म ९३ हजार ८४९ जनाको नमुन परिक्षण गरिएको थियो ।

शुक्रबारसम्ममा प्रदेशभरी चार हजार ५९५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ९ : ४३ बजे

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ।