विष सेवनबाट एकको मृत्यु, दुईको अवस्था गम्भीर | Khabarhub Khabarhub

विष सेवनबाट एकको मृत्यु, दुईको अवस्था गम्भीर


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् ।

मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल र २८ वर्षीया श्रीमती रुप्सी कुलाल अचेत अवस्थामा रहेको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ ।

शुक्रबार राति करिब ८ बजेतिर खाना खाइसकेपछि लगातार उल्टी गर्न शुरु गरेपछि तीनैजनालाई त्रिपुराकोट बगरमा रहेको स्थानीय मेडिकलमा पुर्‍याइएको थियो ।

मेडिकलमा उपचार गर्न नसकिने बताएपछि तीनैजनालाई रातारात जिल्ला अस्पतालमा पुर्‍याइएको र उपचारका क्रममा सुकलालको मृत्यु भएको जिल्ला प्रहरी डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

अचेत अवस्थामा रहेका दुवैजनालाई आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले शनिबार दिउँसो करिब १२ बजेतिर माउन्टेन एयरको हेलिकप्टरमा उद्धार गरी सुर्खेत लगिएको रञ्जितकारले बताए।

घटना कसरी घट्यो भन्ने विषयमा अनुसन्धान गर्न प्रहरी निरीक्षक हरिराम डाँगीको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ खटाइसकिएको बताइएको छ ।

उनीहरुले खाँदै गरेको खाना अनुसन्धानका लागि स्याम्पलका रुपमा लिइसकिएको प्रहरीले जनाएको छ । अस्पताल ल्याइपुर्‍याउन्जेल सुकलालको मृत्यु भइसकेको डा मेलिना हमालले जानकारी दिए ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १ : ३० बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार