तीन जिल्लाको विद्युत् सेवा अवरुद्ध | Khabarhub Khabarhub

तीन जिल्लाको विद्युत् सेवा अवरुद्ध


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- शुक्रबार साँझदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ ।

कैलालीको अत्तरियाबाट वितरण हुने १३३ केभिए प्रसारण लाइनमा खराबी आएका कारण डोटीसहित डडेल्धुरा, अछाम, बाजुरा जिल्लाको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो ।

अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि खराबी आएको ठाउँ पत्ता नलागेका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिका पूर्णरुपमा बन्द भएको त्रिवेणी एफएम डोटीका स्टेशन म्यानेर कर्णबहादुर चन्दले बताए । उनले भने, “विद्युत् नहुँदा सञ्चारमाध्यमलाई समेत समस्या भएको छ ।”

उक्त प्रसारण केन्द्र हाइटेन्टसनका पोलमा आउने खराबीका कारण यहाँका पहाडी जिल्लामा पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १ : ०८ बजे

‘एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग गर्छ’

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२०