नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुनेछ : प्रवक्ता श्रेष्ठ | Khabarhub Khabarhub

नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुनेछ : प्रवक्ता श्रेष्ठ


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने बताएका छन् ।

गोरखाको सिराचोक गाउँपालिका–६ मा आज आयोजित कार्यक्रममा उनले राजीतिक परिवर्तनलाई माध्यम बनाएर आर्थिक क्रान्तिको प्रक्रिया अगाडि बढाउन दृढतापूर्वक सरकार अगाडि बढिरहेको बताए ।

प्रवक्ता श्रेष्ठले सरकार बनेको दुई वर्षमा सबै कुराको विकास सम्भव नभएको पनि बताए । जनताको जीवनस्तर नै परिवर्तन गर्न दुई वर्षको समय पर्याप्त नभएको उनको भनाइ थियो ।

‘नेपाली जनताले देशको आर्थिक परिवर्तनका लागि नेपाल कम्युनिष्ट पार्टीलाई दुई तिहाइको मत दिएर सरकारमा पठाएको हो’, प्रवक्ता श्रेष्ठले भने, ‘यसमा जनताको ठूलो आशा र भरोसा छ तर त्यो अहिले नै सबै पूरा गर्न सजिलो छैन ।’

उनले नेकपा नेतृत्वको सरकार गठन भएदेखि नै देशलाई आर्थिक समृद्धिको दिशातर्फ लैजाने गरी योजनाबद्ध ढङ्गले विकास निर्माणका काम अघि बढेको उल्लेख गरे ।

नयाँ संविधानले नागरिकको मौलिक अधिकारलाई संविधानमा लिपिबद्ध गरिसकेको भन्दै उनले अब त्यसको प्राप्तिका लागि सरकारले काम शुरु गरेको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ९ : ४६ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई