घुस अभियोगमा प्रहरी सहायक निरीक्षक केसीविरुद्ध मुद्दा दायर | Khabarhub Khabarhub

घुस अभियोगमा प्रहरी सहायक निरीक्षक केसीविरुद्ध मुद्दा दायर


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामूहिक करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी घुस लिएको अभियोगमा तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश केसीविरुद्ध विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ ।

करणी मुद्दाका प्रतिवादीको पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितलाई समेत बयान मिलाइदिने भनी घुस मागेको पाइएको आयोगले जनाएको छ । आयोगले प्रहरी सहायक निरीक्षक केसीविरुद्ध रु ६० लाखको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अधिकृत खनालले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लाभ लिएको समेत पाइएकाले मुद्दा दायर गरिएको हो ।

यस्तै आयोगले चम्पादेवी प्राथमिक विद्यालय ओखलढुङ्गामा कार्यरत तत्कालीन शिक्षक खेटराज बरालले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा गरेको र सरकारी सुविधा लिएको आरोपमा आजै मुद्दा दायर गरेको छ ।

यसैगरी आयोगले आजै साझा प्रकाशनमा कार्यरत सहायक चतुर्थ तहका कुवेरप्रसाद उपाध्यायविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपाध्यायले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको र पदोन्नतिसमेत भएको पाइएको आयोगले आरोप लगाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ६ : ४६ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश