प्लेन डिले हुँदाको ‘फाइदा’ : विमानस्थलमा प्रचण्ड–बाबुरामको भलाकुसारी ! | Khabarhub Khabarhub

प्लेन डिले हुँदाको ‘फाइदा’ : विमानस्थलमा प्रचण्ड–बाबुरामको भलाकुसारी !


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको उद्गमस्थल चीनको बुहानलगायत क्षेत्रमा रहेका नेपाली ल्याएर आइतबार बिहान नेपाल एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण भएसँगै विमानस्थलका आन्तरिक र बाह्य उडान प्रभावित भए ।

विहान ६ बजेसम्म विमानस्थलमा यात्रुहरुलाई समेत प्रवेश गर्न दिइएको थिएन । उडान तालिका केही संशोधन गरिएको थियो ।

जसका कारण नियमित रुपमा हुने उडानहरु प्रभावित भए । आइतबार बिहान आन्तरिक तर्फका उडानहरु ३ घण्टासम्म प्रभावित भए ।

विमानहरुको उडान तालिका प्रभावित हुँदा सर्वसाधारण मात्रै हैन, नेताहरुले पनि ‘सास्ती’ खेप्नुप¥यो ।

समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने विमान डिले हुँदा आफ्नै पूर्वसहयात्रीसहित नेताहरुसँग भलकुसारी गर्न पाए ।

उपत्यका बाहिर जान विहान विमानस्थल पुगेका नेताहरुले समयमै उडान नहुँदा ३ घण्टासम्म विमानस्थलमै विताउनु प¥यो ।

भट्टराईले आफ्नै पूर्वसहयात्री सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपाका नेता तथा गृहमन्त्री रामबहादुर थापा (बादल), अर्थमन्त्री युवराज खतिवडा लगायत करिब १० जनाजति नेताहरुसँग एउटै ठाउँमा भेट गर्न पाए ।

तुलनात्मक रुपमा अन्य नेताहरुभन्दा सामाजिक सञ्जालमा बढी नै सक्रिय रहने भट्टराईले विमानस्थलमा नेताहरुसँग भएको भेटलाई पनि तस्वीरमा कैद गर्न लगाएर सामाजिक सञ्जालमा शेयर गरिसकेका छन् ।

नेकपा अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग भेटको तस्वीर शेयर गर्दै भट्टराईले माइक्रो ब्लगिङ साईट ट्वीटरमा लेखेका छन्– ७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन ! एयरपोर्टमा घण्टौं कुर्दाको फायदा चाहिं सबै पार्टीमा छरिएका साथीहरूसंग भेटघाट र गफगाफ गर्न पाइने ! नकारभित्र सकार भनेको शायद यही हो ! अथवा चित्त बुझाउने मेसो !


प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ११ : १३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र