पहाडी क्षेत्रमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान | Khabarhub Khabarhub

पहाडी क्षेत्रमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभए पनि आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज मुलुकका  धेरै स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैबाट बदली भएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ०४ गते (आइतबार)

दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। । पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन ०५ गते (सोमबार)

दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०६ गते (मंगलबार)

दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहने छ । पूर्वी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ९ : ०० बजे

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै