दूर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहारको मुद्दा, पक्राउ गर्न प्रशासनको अनुमति | Khabarhub Khabarhub

दूर्गा प्रसाईंविरुद्ध अभद्र व्यवहारको मुद्दा, पक्राउ गर्न प्रशासनको अनुमति


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध प्रहरी अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले प्रसाईंविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको हो ।

अभद्र व्यवहार सम्बन्धी कसुरको अनुसन्धानका लागि प्रसाईंलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पूर्जी समेत जारी गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी भएको जानकारी दिए ।

‘प्रसाईंविरुद्ध हाम्रोमा एउटा उजुरी दर्ता भएको छ । सोही उजुरीको आधारमा अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न भनेर पक्राउ गर्ने अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थियौं । अहिले प्रशासनले पक्राउ गर्ने अनुमति दिएको छ,’ महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी प्रधानले खबरहबसँग भने ।

प्रसाईंले पत्रकार सम्मेलन नै आयोजना गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले आफूसँग २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका थिए ।

पछि, आयोगका उपाध्यक्ष गिरीले पनि पत्रकार सम्मेलन नै गरेर प्रसाईंले लगाएको आरोपको खण्डन गरेका थिए ।

गिरीले प्रसाईंविरुद्ध मानहानी गरेको तथा आफूलाई असुरक्षित हुने गरी गतिविध गरेको आरोप लगाएर महानगरीय प्रहरी परिसर भक्तपुरमा समेत उजुरी दिएका थिए ।

गिरीको सोही उजुरीका आधारमा प्रशासनले प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरेपनि उनी भने अहिले फरार छन् ।

पक्राउ पूर्जी जारी भएसँगै बिहीबार बिहान प्रहरी टोली प्रसाईंलाई नियन्त्रणमा लिन उनको भक्तपुरस्थित निवास पुगेको थियो । तर, उनी घरमा नभेटिएका प्रहरीले जनाएको छ ।

भक्तपुर प्रहरीले प्रसाईंको खोजी गरी पक्राउ गर्नका लागि प्रहरी प्रधान कार्यालयमार्फत अन्तरजिल्ला समन्वय गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  १२ : २९ बजे

फिलिपिन्समा चरम गर्मीका कारण छ जनाको मृत्यु

मनिला– फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १

सुहाङ भन्छन् : जातीय पहिचानका नाममा उच्छृङ्खल हुनु राम्रो होइन

  इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार

गृहमन्त्रीको घोषणाले रात्रिकालीन श्रमिक मारमा

काठमाडौं– नयाँ वर्षको अवसर पारेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले

हामी जातीय राजनीति गर्दैनौँ, बहुपहिचानको पक्षमा छौँ : सभापति लामिछाने 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू

वन्यजन्तुलाई लक्षित गरी वनमा पोखरी

म्याग्दी– म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न