काठमाडौंमा अन्डरवर्ल्ड डन दाउदको मुख्य अड्डा, नेपाली नेताहरुपनि दाउदका ‘पार्टनर’ ! | Khabarhub Khabarhub

काठमाडौंमा अन्डरवर्ल्ड डन दाउदको मुख्य अड्डा, नेपाली नेताहरुपनि दाउदका ‘पार्टनर’ !


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्डरवर्ल्ड डन दाउद इब्राहिमले नेपालमा आफ्नो अड्डा बनाएको र यहाँबाट भारतमा नक्कली नोट पठाउने गरेको आरोप भारतीय सञ्चार माध्यमहरुले लगाएका छन् ।

कुनै समय दाउदको ग्याङ्गका सदस्य समेत रहेका एजाज युसुफ लकडाले मुम्बई प्रहरीको सोधपुछमा यस्तो बताएको समाचारमा उल्लेख गरिएको छ । लकडालाई ८ जनवरीमा भारत विहारको राजधानी पटनाबाट पक्राउ गरिएको थियो ।

भारतीय अनलाईन जागरणमा प्रकाशन भएको एक समाचारमा जनाइए अनुसार नेपालमा पाकिस्तानी दूतावासका प्रमुख अधिकारीको माध्यमबाट दाउदले आफ्नो धन्दा चलाइरहेका छन् ।

त्यस्तै भारतीय अनलाइन प्रभाव खबरका अनुसार काठमाडौंमा दाउदको कम्पनीले करोडौंको लगानी गरेको र निकै ठूलो कारोबार सञ्चालन गरेको छ । सबैभन्दा धेरै लगानी इन्फास्ट्रक्चरको क्षेत्रमा गरिएको समाचारमा दाबी गरिएको छ । तर समाचारमा कम्पनीको नामबारे भने उल्लेख गरिएको छैन ।

कयौं कन्स्ट्रक्सन र अन्य कम्पनीमा पनि दाउदले लगानी गरेको र यसमा नेपालका कयौं नेताहरुको पनि पार्टनरशिप रहेको दाबी समाचारमा गरिएको छ । तर कुन कुन नेताको पार्टनरशिप छ भन्नेबारे भने उल्लेख गरिएको छैन ।

दाउदको कम्पनीले सन् २००८–२००९बाट नै काठमाडौंमा लगानी गर्न शुरु गरेको र उक्त कारोबार मुख्य रुपमा लकडाले नै हेर्ने गरेको उनले भारतीय प्रहरीलाई दिएको वयानमा उल्लेख गरिएको समाचारमा जनाइएको छ । क्यानडापछि दाउदले आफ्नो दोस्रो महत्वपूर्ण स्थानमा नेपाललाई नै बनाएको समाचारमा दाबी गरिएको छ ।

काठमाडौंको बासबारीमा दाउदको एक आलीशान होटल रहेको र उनी काठमाडौं आउजाउ गरिरहने दाबी समाचारमा गरिएको छ ।

लकडाले मस्ट वान्टेड दाउदको पाकिस्तानको कराचीमा दुई घर रहेको समेत बताएको समाचारमा जनाइएको छ । भारीय प्रहरीको अपराध शाखाका शीर्ष अधिकारीहरुका अनुसार दाउदका भाइ त्यहाँ बस्छन् ।

भारतीय प्रहरी अधिकारीहरुले लकडाको गिरफ्तारी ठूलो उपलव्धि भएको बताएका छन् र उनीबाट दाउदले गर्ने भारतीय नक्कली नोट कारोबारमा महत्वपूर्ण जानकारी प्राप्त भएको छ ।

मुम्बइ प्रहरी अधिकारीहरुका अनुसार एजाज लकडा कुनै समय दाउदका महत्वपूर्ण सदस्य थिए र उनी ड्रग्स तस्करीलगायत महत्वपूर्ण गतिविधिलाई हेर्थे ।

तर १९९३ मा मुम्बइमा भएको विस्फोट पछि उनी छोटा राजनसँगै दाउद ग्याङ्गबाट अलगिएका थिए । छोटा राजनसँग तनाव बढेपछि उनले आफ्नो अलग्गै गिरोह बनाएका थिए र नेदरल्याण्डमा बसेर ड्रग्स तस्करी गरिरहेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ११ : ३० बजे

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष