संवैधानिक परिषद बैठक : आयोगका रिक्त पदमा नियुक्तिबारे छलफल | Khabarhub Khabarhub

संवैधानिक परिषद बैठक : आयोगका रिक्त पदमा नियुक्तिबारे छलफल


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा नियुक्तिका लागि बसेको संवैधानिक परिषद्को बैठक कुनै निर्णय विना नै सकिएको छ।

रिक्त पदमा नियुक्ति गर्नेबारे छलफल भए पनि कसैलाई नियुक्ति नगरिएको बैठकमा सहभागी राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

उनले भने, ‘विभिन्न संवैधानिक निकायमा रिक्त रहेको पदमा नियुक्तिबारे छलफल मात्रै भयो।’

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,  प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना उपस्थित भएका थिए।

सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा भने बैठका उपस्थित भएका थिएनन ।

आजै  मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश जारी गरेपछि सोही आधारमा बैठक बसेको हो।

अध्यादेशले अध्यक्षसहित कम्तिमा बहालवाला बहुमत सदस्यको उपस्थिति भएमा निर्णय गर्नसक्ने गरी संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गरेको छ।

प्रधानमन्त्री अध्यक्ष हुने परिषद्‍मा सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिपक्षी दलको नेता सदस्य रहने प्रावधान छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ८ : ४१ बजे

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

बागमती– पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३

इलाम २ मा डम्बर र सुहाङको मतान्तर २८ मा झर्‍यो

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २

मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग

काबुल– अफगानिस्तान मानवीय संकटसँग लडिरहेको बेला विश्व खाद्य कार्यक्रमले त्यहाँ

फाकफोकथुमको रस्साकसी : कांग्रेस र एमालेलाई पुरानो जनमत जोगाउन हम्मे

इलाम – नेपाली कांग्रेस र नेकपा एमाले दुबैको समानान्तर शक्ति