अध्यादेशले संवैधानिक व्यवस्थाको खिल्ली उडायो : नेता थापा | Khabarhub Khabarhub

अध्यादेशले संवैधानिक व्यवस्थाको खिल्ली उडायो : नेता थापा


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता गगन थापाले सरकारले जारी गरेको संवैधानिक परिषद् ऐन संशोधन अध्यादेशप्रति कटाक्ष गर्दै संवैधानिक व्यवस्थाको खिल्ली उडाएको तर्क गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘ संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसंगको साठगाँठमा अध्यादेश जारी गर्ने K P Sharma Oli सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं । सडक र सदनको बलबाट । जनताको साथ र शक्तिबाट ।’

आज बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश जारी गरेकी हुन । अध्यादेशलाई लिएर प्रतिपक्षी दलका नेताहरुले मात्र नभएर सत्तारुढ दलकै नेताले समेत विरोध जनाएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : २२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई