प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने– सभामुखले संवैधानिक दायित्व भुले | Khabarhub Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने– सभामुखले संवैधानिक दायित्व भुले


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व भुलेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले सभामुखले आफ्नो संवैधानिक दायित्व बिर्सिँदै मंसिर २८ र ३० को बैठक बहिष्कार गरेको दाबी गरेका छन्।

उनले लेखेका छन्, ‘सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व र कर्तव्यविपरीत मंसिर २८ र ३० गते वहिष्कार गर्नुभयो’, उनले भनेका छन्, ‘जबकि सभामुख त पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष रूपमा कार्यसम्पादन हुनुपर्ने संवैधानिक परिकल्पना र व्यवस्था रहेको छ।’

संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले डाकेको बैठक सभामुख सापकोटाले बहिष्कार गरेपछि सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरेको छ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍बाट सिफारिस अध्यादेशलाई जारी गरिसकेकी छन्।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ४ : ०३ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष