पूर्वपत्नीविरुद्ध कानुनी उपचार खोज्दै मनोज गजुरेल | Khabarhub Khabarhub

पूर्वपत्नीविरुद्ध कानुनी उपचार खोज्दै मनोज गजुरेल


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार मनोज गजुरेलले पूर्वपत्नी मीना ढकालविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् ।

सम्बन्धविच्छेद गरेको तीन वर्ष भइसक्दा पनि पूर्वपत्नीले विभिन्न आरोप लगाउने गरेको र यसले आफू र छोराछोरीलाई समस्या पारेको भन्दै उनले कानुनी उपचार खोज्ने बताएका हुन् ।

गजुरेलले सामाजिक सञ्जालमार्फत पत्नीसँग छुट्टिएर आ–आफ्नो बाटो तय गरिसकेपछि पनि बारम्बार आफूमाथि प्रहार भएको बताएका छन् ।

कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यमबाट बारम्बार गाली बेइज्जती गर्ने क्रम रोकिएन। एउटा सार्वजानिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ। दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप सहेँ।तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखलाले बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो। त्यसैले बाध्य भएर केही प्रष्टिकरण गर्न भएको छु, गजुरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले विभिन्न माध्यमबाट आउने गाली बेइज्जती र अनावश्यक तनावको श्रृंखला बढ्दै गएकाले कानुनी उपचारको विकल्प नभएको बताएका छन् ।

गजुरेलको यो स्टाटसपछि उनकी पूर्वपत्नी मीना ढकालले आफू कानूनी लडाइँ लड्न तयार प्रतिक्रिया दिएकी छिन् । साथै उनले गजुरेललाई विवाहित भएर पनि अन्य युवतीसँग लिभिङ टुगेदरमा बसेको, रंगेहात पक्राउ परेको लगायतका आरोप लगाएकी छिन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  २ : ०४ बजे

भन्सार विभागमा धर्ना बसेका आजपाका कार्यकर्ता प्रहरीको हिरासतमा

काठमाडौं– भन्सारको लूटकारी व्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार विभागमा जारी

ज्ञानुकाको गुनासो- ‘डढेलोले सालको पात बेच्ने र दुना टपरी बनाउनेको रोजीरोटी खोसियो’ 

मन्थली– दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबालिकाको लागि खर्च

महेश बस्नेतविरुद्धको जाहेरी तामेलीमा राखेपछि उच्च अदालतले माग्यो जवाफ

काठमाडौं- पूर्व उद्योगमन्त्री एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध

कोरला नाकामा विद्युत् सेवा विस्तार

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत्

कांग्रेसको अडानबीच प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा