जावलाखेलमा शिलान्यास भयो भलिबल कभर्डहल | Khabarhub Khabarhub

जावलाखेलमा शिलान्यास भयो भलिबल कभर्डहल


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जावलाखेल भलिबल प्रशिक्षण केन्दमा निर्माण हुन लागेको कभर्डहलको शिलान्यास गरिएको छ ।

मंगलबार बिहान ललितपुर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण केसी, वडा नम्बर १३ का गणेश केसी र प्रशिक्षण केन्द्रका अध्यक्ष माधव खड्काले संयुक्त रुपमा कभर्डहलको सिलन्यास गरेका हुन्।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा प्रशिक्षण केन्द्रको कभर्डहल बन्न लागेको हो । प्रदेश सरकारले २ करोड ४७ लाख बजेट छुट्याइएको छ।

No description available.

आज औपचारिक शिलन्यास भएको कभर्डहल बैशाखसम्म निर्माण सम्पन्न गसिसक्ने योजनासहित काम अघि बढेको प्रशिक्षण केन्द्रले जनाएको छ ।

जावलाखेल प्रशिक्षण केन्द्र विसं २०५० सालमा स्थापना भएको थियो ।

त्यसयता यसले विभिन्न चरणमा राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुर्याउँदै आएको छ। शिलान्यास कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य इन्दीरा निरौला, भलिबल प्रशिक्षक कपिल किशोर श्रेष्ठ, महिला भलिबल खेलाडी अन्जु श्रेष्ठ लगायतको सहभागीता थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १ : ४० बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ