बिग बास लिगका लागि सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान | Khabarhub Khabarhub

बिग बास लिगका लागि सन्दीप लामिछाने अस्ट्रेलिया प्रस्थान


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) का लागि आज अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

बीबीएल सुरु भइसक्दा काठमाडौंमा रहेका उनी मंगलबार बिहान ११ बजे अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।

अस्ट्रेलिया पुगेपछि उनी १४ दिन क्वारेन्टाइनमा बस्नेछन् । त्यसपछिको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएमा उनले खेल खेल्नेछन् ।

सन्दीप यो सिजनको बिग बास लिग होबर्ट हुरिक्यान्समा आवद्ध छन् । उनको टोलीले अहिलेसम्म खेलेका दुई खेलमा दुवै जित हात पारेको छ ।

सन्दीप केही समय अगाडि कोरोना संक्रमीत भएका थिए । तर, केही दिनको अस्पतालमा उपचार पछि उनी निको भइसकेका छन् ।

पिटर ह्यान्डस्कोम्बको कप्तानी गरेको हुरिक्यान्सले यो सिजनका लागि नेपालका युवा सेन्सेसन सन्दीपलाई टिममा आवद्ध गरेको हो ।

सन्दीपले यसअघिका दुई संस्करण मेलबर्न स्टारबाट खेलेका थिए । जसमा उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको थियो । दुई सिजनमा गरि २६ विकेट हात पारेका छन् ।

नोभेम्बरमा दुवईमा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप दिल्ली क्यापीटल्समा आवद्ध थिए । तर, दिल्लीले सन्दीपलाई मैदान उत्रने अवसर भने दिएन । दिल्ली गएको सिजनमा फाइनलसम्म पुग्न सफल भएको थियो ।

नेपाली क्रिकेट टीमका युवा स्टार लामिछाने आईसीसीको बरियतमा एक स्थान सुधार भएको छ । उनी अहिले बरियतको ८०औँ स्थानमा छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ११ : ३३ बजे

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै