बालन डी अर ड्रिम टिममा पर्नु मेरा लागि सम्मान हो- मेस्सी | Khabarhub Khabarhub

बालन डी अर ड्रिम टिममा पर्नु मेरा लागि सम्मान हो- मेस्सी


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालन डि अर ड्रिम टिममा परेपछि अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले खुसी व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा आफूले जितेका बालन डिअरसँग फोटो राख्दै कृतज्ञता व्यक्त गरेका हुन् । फ्रान्स फुटबलले बालन डिअर विजेता खेलाडीहरुको सूचीबाट सर्वकालिन प्लेइङ ११ बनाएको हो । जसलाई अनलाईन भोटिङमार्फत् टिम छनोट गरिएको हो ।

‘मलाई बालन डिअर ड्रिम टिममा पार्नु मेरो लागि सम्मान हो । मलाई उक्त टिममा छनोट गर्ने छनोटकर्तालाई धन्यवाद र उक्त टिममा छनोट भएका खेलाडीलाई बधाई । त्यो सूचीमा साच्चीकै लिजेन्ड्स पनि छन्,’ मेस्सीले इन्टाग्राममा लेखेका छन् ।’

६ पटकका बालन डिओर , ६ पटक गोल्डेन बुट, ४ पटक च्याम्पियन्स लिग जितेका मेस्सी छन् । मेस्सी यो वर्षको बलन डिअरका लागि पनि मनोनयनमा छन् । उनीसँगै क्रिष्टियानो रोनाल्डो र रोबर्टो लेवान्डोस्की छन् ।

यस्तो छ टिम

गोलरक्षक – लेभ यासिने

डिफेन्डर – काफु, फ्रान्ज बेकेनबाउएर र पाउलो माल्दिनी

मिडफिल्डर – जाभि, लोथर माथ्युस, डियागो म्याराडोना, पेले

फरबार्ड – लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र रोनाल्डो

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : १५ बजे

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो