ट्रम्पका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडप | Khabarhub Khabarhub

ट्रम्पका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडप


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चुनावी परिणामका विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीबीच झडप भएको छ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने ट्रम्पको दाबीको समर्थनमा भएका र्‍यालीमा झडप भएको हो ।

वाशिङ्टनमा दुई ठूला समूहबीच मूठभेड हुँदा एक जना व्यक्तिलाई छुरा हानिएको बीबीसीले जनाएको छ ।

ट्रम्प समर्थक र्‍यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए । त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए।

राष्ट्रपति ट्रम्पले चुनावमा जो बाइडनको जितलाई आधारहीन र अमान्य भन्दै आएका छन्। उनले चुनावमा भएको पराजय अस्वीकार गर्दा उनका समर्थनमा र्‍याली निस्कन थालेका हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  २ : ५३ बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार