साबधान ! के तपाइँलाई छिन्-छिनमा पिसाब लाग्छ ? | Khabarhub Khabarhub

साबधान ! के तपाइँलाई छिन्-छिनमा पिसाब लाग्छ ?


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्यतया गर्मीको मौसम भन्दा जाडोको मौसममा छिटो छिटो पिसाब लागिरहेको हुन्छ । तर, सँधै जसो नै छिटो-छिटो पिसाब आइरहन्छ भने त्यो चाहिं समस्या भएको चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार छिट–छिटो पिसाब लाग्नु भनेको मधुमेहको लक्षण पनि हुन सक्छ । तपाइँलाई पनि यो समस्या छ भने चिकित्सक कहाँ गएर जँचाइ हाल्नुस् ।

यसका साथसाथै केही घरेलु उपाय अपनाउनुभयो भने पनि समस्याबाट मुक्ति पाउनुुहुन्छ ।

यस्ता छन् घरेलु उपाय

दही : दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन । दिनदिनै दही खाने गर्नुभयो भने घरीघरी पिसाब आउँदैन ।

तिल : कैलो तिलको दानासँग सक्खर वा ज्वानो खानुभयो भने पनि पिसाबको समस्याबाट मुक्ति पाइन्छ ।

मह र तुलसी : एक चम्चा महका साथ तीन-चारवटा तुलसीका पात मिसाएर खाली पेटमा खानुभयो भने समस्या समाधान हुन्छ ।

कुलथी : अलिकति कुलथीलाई सक्खरसँग बिहानबिहानै खानुभयो भने पनि मूत्र समस्याबाट मुक्त हुनुहुनेछ ।

अनार : अनारको बोक्रालाई पिँधेर त्यसमा पाँच ग्राम पानी मिसाएर पेस्ट बनाउनुस् । दिनदिनै त्यो खानुभयो भने घरीघरी पिसाब लाग्दैन ।

मेथी : मेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउनुभयो भने पनि लाभ पाउनुहुन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : ११ बजे

के आँखा पनि अल्छी हुन्छ ?

काठमाडौं – आँखा हाम्रो महत्त्वपूर्ण अंग हो। यदि आँखाले नै

रफाह सीमा नाका इजरायलको कब्जामा

काठमाडौं– इजरायलले इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा

मातातीर्थ कुण्डमा स्नान गर्नेको घुइँचो

काठमाडौं– स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि  स्नान

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई सुरक्षा अधिकारी पक्राउ

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा  विद्युत् सेवा विस्तार भएको