अमेरिकामा थप १ लाख ५७ हजारमा संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा थप १ लाख ५७ हजारमा संक्रमण


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ ।

शनिबार अहिलेसम्मकै धेरै १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको अमेरिकामा आज पनि १ लाख ५७ हजार ८१ संक्रमित थपिएका छन ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १२ लाख २६ हजार ३८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६८ लाख ९१ हजार १५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४० लाख ८३ हजार ७६७ जनामध्ये २० हजार ४१५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ५१ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २६० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ५१ हजार २५६ पुगेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ७ : १५ बजे

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार