मन्त्रिपरिषद बैठकले गर्‍यो सचिवहरुको सरुवा, को कहाँ ? | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठकले गर्‍यो सचिवहरुको सरुवा, को कहाँ ?


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन्।

बिहीबार नवनियुक्त मन्त्रीहरुले सपथ तथा पदभार ग्रहण गरेपछि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरुलाई नतिजा देखिने गरी काम गर्न  निर्देशन दिएका हुन्।

‘नमुना बन्ने गरेर काम गर्नुस्। मलाई आशा छ राम्रो गर्नुहुन्छ भन्ने,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नवनियुक्त मन्त्रीले भने। बुधबार प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेपछि आज पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो।

यसैगरी बैठकले सचिवहरुको सरुवा समेत गरेको छ ।

जसअनुरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यादवप्रसाद कोइरालालाई ल्याएको छ। सामान्यबाट सरुवा भएर स्वास्थ्य मन्त्रालयमा गएपछि विवादमा तानिएका सचिव कोइराला प्रधानमन्त्री कार्यालयमा सरुवा तानिएको थियो।

त्यस्तै संघीय मामिला मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ। खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन्।

प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ।

काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ। सिंचाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ९ : २४ बजे

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी