सघन उपचार कक्ष अभावमा संक्रमितको मृत्यु | Khabarhub Khabarhub

सघन उपचार कक्ष अभावमा संक्रमितको मृत्यु


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– बुटवलमा सघन उपचार कक्षका अभावमा कोरोना भाइरस सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सघन उपचार कक्ष बिरामीले भरिएका छन् ।

बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा शय्या नपाएपछि दाङको बेलझुण्डी अस्पताल लैजाँदै गर्दा थप एक सङ्क्रमितको बाटामै मृत्यु भएको छ । अर्घाखाँची, भूमिकास्थान–९ का ७३ वर्षीय पुरुषको दाङ लैजाने क्रममा आज बिहान पौने ८ बजे बाटामा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

अर्घाखाँचीबाट उपचारका लागि बुटवल आएका पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा गत मङ्गलबार रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनलाई कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखिएको थियो । उनको बुटवलमा सघन उपचार कक्ष शय्या नपाइएका कारण मृत्यु भएको छ ।

सङ्क्रमित पुरुषको स्वास्थ्यमा गए राति थप समस्या देखिएपछि अस्पतालले बेलझुण्डीस्थित कोरोना अस्पतालमा रेफर गरेको थियो ।

यसैगरी बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया रहेको अस्पतालले जनाएको छ । यही असोज २१ गते अस्पताल भर्ना भएकी महिलाको आज बिहान सवा ९ बजे मृत्यु भएको डा गौतमले जानकारी दिए । उनमा असोज २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महिलामा ज्वरो, दमलगायत समस्या रहेको अस्पतालको भनाइ छ ।

बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यहाँस्थत भेरी अस्पताल उपचाररत बाँके जानकी गाउँपालिका—६ प्रजातिपुरका ६५ वर्षीय पुरुषको मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । यससँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ ।

श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि पुरुषलाई असोज १० गते साँझ अस्पतालको प्रि–आइसोलेशन वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो । सङ्क्रमितको श्वासप्रश्वासमा समस्या भएपछि उनको रोगको प्रकृतिअनुसार प्लाज्मा थेरापीलगायत उपचारका सबै पद्धति अपनाउँदासमेत बचाउन नसकिएको जनाइएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र भेरी अस्पतालको समन्वयमा शव व्यवस्थापन गरिएको छ ।
यसैबीच बाँकेमा आजै थप ६४ कोरोना सङ्क्रमित निको भई घर फर्किएका छन् । यससँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या एक हजार ९६३ पुगेको श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बाँकेमा कोराना सङ्क्रमितको निको हुने दर ७६‍.८६ प्रतिशत छ । अब जिल्लाका विभिन्न आइसोलेशनमा ५६५ सङ्क्रमित छन् । बाँकेमा अहिलेसम्म दुई हजार ५५४ जनामा कोरोना पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ५ : ४० बजे

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

सभामुखसहित शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्