बढि भाडा लिनेलाई कडा कारबाही गर्दै ट्राफिक | Khabarhub Khabarhub

बढि भाडा लिनेलाई कडा कारबाही गर्दै ट्राफिक


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ ।

ट्राफिक महाशाखाले क्षमताभन्दा बढि यात्रु राख्ने, बढि भाडा लिने भाडाका सवारी साधन, मिटरमा जान नमान्ने र यात्रु लिन इन्कार गर्ने ट्याक्सिहरुको अनुगमन र कारबाहिमा तिब्रता दिएको छ ।

यात्रुको चाप बढि हुने रुटमा बिशेष चेक प्वाइन्ट राखी सवारी साधनको चेकजाँचमा कडाई गर्दै बढि भाडा लिने ४४ वटा बस तथा ६६ वटा ट्याक्सीलाई कारबाही गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले चाडपर्व लक्षित बिशेष योजनालाई मध्यनजर गरी सादा पोशाकमा समेत ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही अभियान चलाएको जानकारी दिए ।

उनले यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका बसपार्क एव मुख्य भिडभाड हुने चोकमा चेकजाँच गरी स्वास्थ्य मापदण्ड पालना गरे नगरेको र यात्रुसँग बढि भाडा लिए/नलिएको विषयमा अनुगमन गरिएको बताए ।

उनले असोज महिनामा मात्रै सिट क्षमताभन्दा बढी यात्रु राख्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने १५ हजार ४५१ वटा सवारी साधनलाई सम्झाई वुझाई गरी सुधार गर्ने प्रतिबद्धता पश्चात छाडेको समेत जानकारी दिए ।

महाशाखाले यात्रुको सुरक्षामा ध्यान दिन, क्षमताभन्दा बढि यात्रु नराख्न र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न समेत सबै यातायात व्यवसायी एवं यात्रुलाई अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १ : ३९ बजे

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

बरहथवा– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा

ओझेलमा चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी– चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै

पेस्तोल देखाएर ८० लाख लुटपाट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८०