बीपी प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा पाँच संक्रमितको मृत्यु | Khabarhub Khabarhub

बीपी प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा पाँच संक्रमितको मृत्यु


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप पाँच संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले  दुई महिला र तीन पुरूषको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिकाकाकी एक महिला र एक पुरुष, इटहरी उपमहानगरपालिकाका एक महिला र तेह्रथुमका दुई पुरुषको छन् ।

योसँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

डा. श्रेष्ठका अनुसार तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७: १५ बजेतिर उपचारका क्रममा मृत्यु भएको छ । मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका पुरुषलाई कोरोना पुष्टिसँगै असोज ११ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचार थालिएको थियो ।

यस्तै इटहरी उपमहानगरपालिका–२० की ७५ वर्षीया वृद्धाको पनि बिहीबार बिहान १२:०५ बजे मृत्यु भएको छ ।

उच्च रक्तचापको समस्या रहेकी वृद्धामा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै धरान उपमहानगरपालिका–९ का दुई जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानकै प्रयोगशालामा असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको कोभिड –१९ अस्पतालमा बुधबार राति ११:५५ बजे मृत्यु भएको डा.श्रेष्ठले बताए ।

असोज २८ गते कोभिड अस्पतालमा भर्ना भएका उनमा दीर्घ रोग भए नभएको जानकारी नभएको प्रतिष्ठानले जनाएको छ ।

धरान– ९ कै कोरोना संक्रमित ४४ वर्षीया महिलाकोसमेत बुधबार अपरान्ह ३:१५ बजेतिर उपचार गर्दागर्दै मृत्यु भएको सह–प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।

महिलाको पनि दीर्घ रोगबाट जानकारी नभएको जनाएको प्रतिष्ठानका अनुसार असोज २७ गते महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।

यस्तै तेह्रथुम दांग्पा– १ का ४९ वर्षीय पुरुषको पनि प्रतिष्ठानको आकस्मिक कक्षमा बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।

मृतक सबैको शवको व्यवस्थापन नेपाली सेनाले कोभिड-१९ शव व्यवस्थापनको नियमानुसार गर्नेछ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ११ : ११ बजे

गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ

काठमाडौं- चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् ।

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा (तस्बिरहरू) 

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको