ओमानबाट १७४ नेपाली स्वदेश फर्किए | Khabarhub Khabarhub

ओमानबाट १७४ नेपाली स्वदेश फर्किए



दोहा -ओमानबाट १७४ नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड-१९ को महामारीको कारण सिर्जित विषम परिस्थितिले नेपाल फर्कन दूतावासमा नाम टिपाएका मध्ये
आज  १७४ नेपाली स्वदेश फर्किएका हुन् ।

ओमानस्थित नेपाली दूतावासका अनुसार सलाम एअरको OV-427 को उडानमा ४१ महिलासहित १७४ जना नेपाल फर्किएका हुन्। यसअघि सलाम एअरको पाचौँ उडानमार्फत ८३० नेपाली स्वदेश फर्किसकेका छन् ।

आज छैटौँ उडानमार्फत नेपाल फर्किएका सबै नेपालीहरू तथा उक्त उडानका चालक दलका सदस्यहरू समेतको पीसीआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको दूतावासले जनाएको छ ।

विमानस्थलमा ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले सम्पूर्ण यात्रुको सफल यात्राको कामना गरिन् ।

यसैगरी दूतावासमा द्बितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना लगायत स्थानीय कर्मचारीहरू तथा नेपाली सोसल क्लबका प्रतिनिधिहरु समेत विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १० : १९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र