ओरालो लाग्यो नेप्से | Khabarhub Khabarhub

ओरालो लाग्यो नेप्से


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४७ विन्दुले ओरालो लागेर एक हजार ५३६.०३ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.५९ विन्दुले घटेर ३०४.६५ मा पुगेको छ । कूल १९३ कम्पनीको ६६ लाख ९७ हजार ४९६ कित्ता शेयर रु दुई अर्ब ११ करोड ९९ लाख ३९ हजार ५५८ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । होटल ९.२४, जीवन बीमा १७.३३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ । बैंकिङ तीन, व्यापार १३.७५, विकास बैंक १४.५५, जलविद्युत् ८.१६, वित्त २.५, निर्जीवन बीमा ३.२३, उत्पादन १२.४६, अन्य ७.३९ र लघुवित्त ३.९९ विन्दुले घटेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा आज पनि पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीले रु १३ करोड १३ लाख ८२ हजार ८५० बराबरको कारोबार गरेको छ । यस्तै, नेको इन्सुरेन्स रु सात करोड २५ लाख ८१ हजार ५५८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु सात करोड १७ ५७ हजार ३०८, कुमारी बैंक रु सात करोड १४ लाख १५ हजार ९९७ र नेपाल बैंक रु छ करोड ९३ लाख ५४ हजार ७१३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

दिव्यश्वरी हाइड्रोपावर १०, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९२, रिलायन्स लाइफ इन्सुरेन्स ९.८६, खानीखोला हाइड्रोपावर कम्पनी ९.८४, घलेम्दी हाइड्रो ९.५९ र युनियन हाइड्रो पावरका लगानीकर्ताले ८.९७ प्रतिशतले कमाएका छन् । यस्तै, माउण्टेन हाइड्रो ४.८५, राधी विद्युत् कम्पनी ४.०२, गोर्खाज फाइनान्स ३.८३, एचआइडिसिएल ३.८२ र एनआइसि एशिया ऋणपत्रका लगानीकर्ताले ३.८१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ५ : ५३ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र