टेन्ड्रिङ नम्बर एकमा महेश र आँचलको ‘लज्जावती झार’ (भिडियो) | Khabarhub Khabarhub

टेन्ड्रिङ नम्बर एकमा महेश र आँचलको ‘लज्जावती झार’ (भिडियो)


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महेश काफ्ले र आँचल शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘लज्जावती झार’ नेपालमा युट्युबको नम्बर एकमा पुगेको छ । यो गीत पछिल्लो समय चर्चामा छ ।

एक हप्ताअघि रिलिज भएको यो म्युजिक भिडियोमा महेश काफ्लेले एक लजालु युवकको भूमिका निर्वाह गरेका छन् । यस्तै आँचल शर्माले महेशकी प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् ।

गीतमा महेश काफ्ले र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । लोक र आधुनिक शैलीको फ्युजन सुन्न पाइने गीतलाई टिकटक प्रयोगकर्ताले पनि उत्तिकै रुचाएका छन् ।

गायक काफ्लेले नै शब्द र संगीत सिर्जना गरेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् भने लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । यस्तै भिडियोको निर्देशन आसिफ शाहले गरेका हुन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १२ : ३० बजे

‘रायो’ साग बेचेर लाखौँ कमाइ

गलकोट– गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् ।

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

काठमाडौं– ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण

सन्दीपबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

काठमाडौं- आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा

यो हो मोबाइलको ब्याट्री चार्ज गर्ने सही तरिका

काठमाडौं–  पछिल्लाे समय अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार