सार्क मुलुकमा ५६ लाखभन्दा बढीमा संक्रमण, ९३ हजार बढीको मृत्यु (कहाँ कति सूचीसहित) | Khabarhub Khabarhub

सार्क मुलुकमा ५६ लाखभन्दा बढीमा संक्रमण, ९३ हजार बढीको मृत्यु (कहाँ कति सूचीसहित)


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा ५६ लाख ७८ हजार ८४४ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये ४९ लाखभन्दा बढी भारतका अर्थात् सार्क मुलुकका कुल संक्रमितमध्ये ८६ प्रतिशतभन्दा बढी भारतीयहरू संक्रमित भएका छन् ।

मंगलबार बिहानसम्म  ९३ हजार ७८७ जनाको संक्रमणबाटै मृत्यु भएको छ ।

विश्वमै दोस्रो बढी प्रभावित भारत

विश्वमा नै कोरोनाले दोस्रो धेरै प्रभावित भएको मुलुक भारत दक्षिण एसिया र दक्षिण एसियाली मुलुकहरूमा सबैभन्दा बढी प्रभावित भएको छ ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ८० हजार ८०८ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार १४० जनाको मृत्यु भएको छ । एकैदिन ९३ हजार २१५ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४९ लाख ३० हजार २३६ पुगेको छ ।

उपचार गराइरहेका ९ लाख ९० हजार २९ जनामध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । मंगलबार यो समाचार तयार पार्दासम्म निको हुनेको संख्या ३८ लाख ५९ हजार ३९९ छ ।

बंगलादेश

संक्रमित संख्याका आधारमा भारतपछि सार्क राष्ट्रमा सबैभन्दा बढी प्रभावित मुलुकमा बंगलादेश छ ।

बंगलादेशमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या ४ हजार ७५९ पुगेको छ । त्यहाँ थप १ हजार ८१२ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ३९ हजार ३३२ पुगेको छ ।

बंगलादेशमा संक्रमित मध्ये २ हजार ४३ हजार १५५ जना उपचारपछि निको भइसकेको छन् । उपचाररत ९१ हजार ४१८ जनामध्ये २ हजार ५६ जनाको अवस्था गम्भीर छ ।

पाकिस्तान

संक्रमणका आधारमा सार्क राष्ट्रमा तेस्रो नम्बरमा रहेको पाकिस्तानमा सोमबार बिहानसम्म ६ हजार ३८९ जनाको मृत्यु भएको छ । ३ लाख २ हजार ४२४ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये २ लाख ९० हजार २६१ जना निको भएर घर फर्किएका छन् । उपचाररत ५ हजार ७७४ जनामध्ये ५६३ जनाको अवस्था गम्भीर छ ।

नेपाल

कोरोना भाइरसको संक्रमणका आधारमा एसियाली मुलुकमा २०औँ नम्बरमा रहेको नेपाल दक्षिण एसियाली देशहरूको सूचिमा चौथो धेरै संक्रमित भएका मुलुकमा छ ।

सोमबार अपराह्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार नेपालमा संक्रमित संख्या ५५ हजार ३२९ पुगेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ३६० छ ।  सोमबार अपराह्नसम्म निको भएर घर फर्कनेको संख्या ३९ हजार ५७६ छ ।

अफगानिस्तान

सार्क राष्ट्रमा कोरोना संक्रमितका आधारमा ५औँ प्रभावित मुलुक हो अफगानिस्तान ।

मंगलबार बिहानसम्मको तथ्यांकअनुसार  अफगानिस्तामा १ हजार ४२५ जनाको कोरोनाले मृत्यु भएको छ ।

३८ हजार ७७२ जना संक्रमित भएका छन् । त्यसमध्ये ३२ हजार ७३ जनाको संक्रमणमुक्त भएका छन् । उपचाररत ५ हजार २७४ जनामध्ये ९३ जनाको अवस्था गम्भीर रहेको छ ।

माल्दिभ्स

माल्दिभ्स कोरोना संक्रमणको चपेटामा रहेका दक्षिण एसियाली मुलुकहरुको छठौँ बढी प्रभावित मुलुकमा परेको छ ।

माल्दिभ्समा कोरोना भाइरसको संक्रमणले ३३ जनाको मृत्यु भएको छ । सोमबार मध्याह्नसम्म ९ हजार २४३ जना संक्रमित भएका छन् । त्यसमध्ये ७ हजार ५३६ जना संक्रमणमुक्त भएका छन् ।

उपचाररत १ हजार ६७४ मध्ये १२ जनाको अवस्था गम्भीर छ ।

श्रीलंका

दक्षिण एसियाली मुलुकमा कम चपेटा परेका मुलुकहरूमा दोस्रोमा रहेको श्रीलंकामा मंगलबारसम्म कोरोना भाइरसको संक्रमणले १३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ३ हजार २६२ जना संक्रमित भएकामा ३ हजार ५ जना निको भएका छन् । बाँकी २४४ जनाको उपचार भइरहेको छ ।

भुटान

सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम संक्रमण देखिएको भुटानमा अहिलेसम्म २४६ जना संक्रिमत भएका छन् ।

संक्रमितमध्ये १७३ जना उपचारपछि घर फर्किएका छन् भने ७३ जनाको उपचार भइरहेको छ । भुटानमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणले कसैको पनि मृत्यु नभएको तथ्यांक अध्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सले जनाएको छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ११ : ४० बजे

पाकिस्तानमा बस दुर्घटना : २० को मृत्यु, २१ घाइते

पाकिस्तान– पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्