रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा बिहीबारदेखि पढाइ सुरु हुने | Khabarhub Khabarhub

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा बिहीबारदेखि पढाइ सुरु हुने


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व – रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा रहेका विद्यालयमा बिहीबारदेखि पढाइ सुरु हुने भएको छ । गाउँपालिकाले कोरोना भाइरसको महामारीको कारण लामो समयदेखि बन्द रहेका विद्यालय असोज एक गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बन्द भएका शैक्षिक संस्थाहरु पर्सि बिहीबारदेखि सञ्चालनमा ल्याउने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिए ।

‘लामो समयसम्म शैक्षिक संस्थाहरु बन्द भएपछि विद्यार्थी समस्यामा परेका छन्,’ उपाध्यक्ष शाहीले भने,‘स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गरेर गाउँपालिकाभित्रका विद्यालयमा पठन-पाठन सञ्चालन गरिनेछ ।’

अहिले गाउँपालिकाभित्रका केही विद्यालयमा वैकल्पिक सिकाइ केन्द्रमार्फत पठनपाठन भइरहेको पनि उनले जानकारी दिए । गाउँपालिकामा कोरोना भाइरस संक्रमित नभएको तर जोखिमको अवस्था रहेकाले उच्च सतर्कताका साथ पढाइ सुरु गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पनि असोज ६ गतेदेखि गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेका शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याउने तयारी गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पठनपाठन सुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता जीवन केसीले बताए ।

अन्य वडामा रहेका विद्यालयको लागि भने अर्को व्यवस्था नभएसम्मको लागि रेडियो शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने प्रवक्ता केसीले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १० : ३३ बजे

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका