रक्तदानका फाइदै फाइदा | Khabarhub Khabarhub

रक्तदानका फाइदै फाइदा


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंले रक्तदान गर्नु भएको छ । कोरोना महामारीका बेला नेपालका धेरै अस्पतालमा रगतको अभाव भएको समाचारहरु बाहिरी रहेको छ । यस संकटको घडीमा रक्तदान गर्नु निकै महत्वपुर्ण हुन्छ ।

तर कतिपय मानिसमा रगत दान गर्दा के हुन्छ ? कस्ता व्यक्तिले रक्तदान गन सक्छन् ? रक्तदान गरेपछि शरीरमा केहि असर हुन्छ कि हुदैन भन्ने डर हुन्छ । तर ढुक्क हुनुहोस् तपाईंले सोचे जस्तो त्यस्तो केही हुँदैन । बरु उल्टै रक्तदान गर्दा शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा मिल्ने गर्दछ ।

१. रक्तदान मुटुका लागि निकै राम्रो मानिन्छ । स्वस्थ्य मानिसले ३/३ महिनाको अन्तरमा रक्तदान गरेमा शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ । साथै रक्तदातालाई हृदयाघातको संभावना हुदैन । रक्तदान गर्दा रगत पातलो हुन्छ, यो मुटुका लागि फाइदाजनक मानिन्छ ।

२. शरीरलाई स्वस्थ राख्न नयाँ रक्त कोशिकाको महत्वपुर्ण भुमिका हुन्छ । त्यसैले नियमित रक्तदान गर्दा शरीरमा नयाँ बन्ने रगत र कोशिका स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् ।

३. एक पिन्ट रक्तदान गर्दा शरीरबाट ६५० क्यालोरी खपत हुन्छ । यसले तौल नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्दछ । नियमित रुपमा रक्तदान गर्नेहरुले मोटोपनाको तनाव लिनुपर्दैन ।

४. क्यान्सरजस्ता प्राणघातक रोगबाट बचाउन समेत नियमित रुपमा रक्तदान गर्नुपर्दछ । नियमित रक्तदान गर्दा क्यान्सर र अन्य रोगको संभावना टरेर जान्छ । किनभने रक्तदानले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्दछ ।

५. रक्तदान गर्दा शरीरमा रोग भए नभएको परीक्षण गरिन्छ । यसले शरीरको नियमित जाँच पनि हुन्छ । रक्तदानपछि समेत एचआइभी, मलेरिया, भीडीआरएल तथा एन्टीबडीजस्ता परीक्षण गरिन्छ ।

सामान्यतया १६ भन्दा माथि र ५० किलोग्रामभन्दा बढी तौल भएका ६० बर्षसम्मका स्वस्थ्य ब्यक्तिले रक्तदान गर्दा कुनै पनि असर पर्दैन ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १२ : ५६ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम